You are viewing the translated version of न्यूनतम समर्थन मूल्य तोक्ने;.

Section 15
न्यूनतम समर्थन मूल्य तोक्ने;
(१) नेपाल सरकारले सम्बन्धित बालीको फसल तयार हुनुभन्दा कम्तीमा दुई महिना अगावै लामो समयसम्म सञ्चय गर्न सकिने धान, गहुँ, मकै, कोदो, मसुरो तथा यस्तै अन्य बालीको नेपाल राजपत्रमा सूचना प्रकाशन गरी न्यूनतम समर्थन मूल्य तोक्नेछ।
(२) उपनियम (१) बमोजिमको न्यूनतम समर्थन मूल्य निर्धारण नभएको आफ्नो क्षेत्रमा उत्पादन हुने बालीको सम्बन्धित स्थानीय तहले न्यूनतम समर्थन मूल्य तोक्न सक्नेछ।